जनकपुरधाम : विगत केहिदिन देखि बन्द रहेको मनकामना केबलकार फेरि नियमित सञ्चालनमा आएको छ ।
यो केबलकार नेपालमा .विं स २०५५ मसिंर ८ गतेदेखि सञालनमा आएको हो । यो नेपालको पहिलो केबलकार हो ।
नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा भएतापनि यो केबलकार सञ्चालनमा थिएनन ।
प्रत्येक बर्ष हजारौको संख्यामा चितवनको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखाको मनकामना पुग्ने गर्दछन ।
जम्मा २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ ।
१० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ

