आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ


 

जनकपुरधाम : आज देखि पतिृपक्ष अर्थात् सोह्र श्राद सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्र श्राद्ध आज बुधवारदेखि पराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू भएको हो ।।

आजदेखि १५ दिन लागातार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिन्छ ।

पितृ पक्षको आज पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ।

ठुलो चाडपर्व तथा कुनै शुभ कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने साथै पितृऋणको दोसबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको बताउँछन्।

 

 

 

 

 

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्