मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा मिश्र नियुक्त


 

रोयल संवाददाता

मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिलकुमार मिश्र नियुक्त भएका छन्। तीन सदस्यीय रहेको मधेस प्रदेश लोकसेवामा एकजना सदस्य पद रिक्त रहेको ठाउँमा बाराको सुनिल कुमार मिश्रलाई नियुक्त गरिएको हो । बाराको सिम्रौनगढ नगरपालिका ७ निवासी मिश्रलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसअनुसार आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन्। मिश्रलाई नियुक्ति दिएपछी सदस्यको पदपूर्ति भएसँगै लोकसेवा आयोगले पूर्णता पाएको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्