आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको मृत्यु


काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको किराँतचोक नजिकै आफ्नै शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

कागेश्वरी मनोहरा–८ मा बागमती नदी किनारमा शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी ३८ वर्षीया कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी घर भई बौद्ध बस्ने आचार्यले बा ३५ प ५८१८ नम्बरको स्कुटीमा गएर शरीरमा आगो लगाएकी थिइन्।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्