रामजानकी विवाहोत्सव : जनकपुरको माहोल विवाहको गीतले गुञ्ज्यमानमा


 

जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अहिले रामजानकीको विवाहोत्सवको माहोल छ । मठमन्दिरहरुमा रामसीता विवाहको विभिन्न गीतले जनकपुरधाम गुञ्ज्यमान छ । यस्तै, एतिहासिक जानकीमन्दिर दुलही झैं सिंगारिएको छ ।

विवाहपञ्चमी उत्सवे जानकी मन्दिरमा हेर्न जनकपुरमा सयौंको भीड देखिएको छन । शुक्रवार देखी विधिवत रुपमा सुरु भईसकेको विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रममा साधुसन्त सहित दर्शनाभिलाषीहरु जनकपुर छिर्न थालेका छन् ।

यता, श्रद्धालुहरुलाई कुनै किसिमको अप्ठ्यारो नपरोस भनि नेपाली सेना, प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न तयारी समेत गरिसकेका छन् ।

त्रेतायुगमा श्रीराम र सीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका तिथि देखि मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ ।

यस वर्ष महोत्सव … गते देखि विधिवत रुपमा सुरु भई गते सम्म चल्ने जानकी मन्दिरका सह–महन्थ बताएका छन् ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्