वीरगन्जमा सुरु भयो रविको बयान


काठमाडौँ : वीरगन्ज सहकारीको रकम अपचलनको बारेमा बयानका लागि रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

पर्सा प्रहरीले आज बिहान बयानका लागि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । त्यहाँ उनको बयान लिइनेछ वीरगन्जमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन भएको बारेमा बयानका लागि लामिछानेलाई वीरगन्ज ल्याइएको हो ।

सानो पाइलाको आठ करोड भन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको देखिएपछि पर्सा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई बिरगन्ज ल्याएको हो ।

बयान चलिरहँदा जिल्ला सरकारी वकिल कार्यालयको अगाडि सुरक्षा ब्यावस्था कडा बनाइएको छ । हिजो लामिछानेलाई बाराको सिमराबाट बिरगन्ज ल्याउने क्रममा रासवपाका कार्यकर्ताहरुले विरोध र नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्