पोखरा : गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो ।
बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । ञबस हराएको भन्ने सूचना पाएका छौँ ।
बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,झ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, ञहामी पनि खोजी रहेका छौँ ।झ
.बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।ञबसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,झ उनले भने ।
.उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । ञधेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ ।
तर बीचबाटोमा चढेको हुन सक्छ,झ उनले अघि थपे, ञकेही विवरण आयो भने सार्वजनिक होला ।।
.।

